सुरक्षा निकायका प्रमुखसँग ओलीको छलफल, संकटकाल लगाउने रणनीति

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सबै सुरक्षा निकायका प्रमुखहरूसँग छलफल गर्नुका साथै सुरक्षा व्यवस्था कडा पार्न निर्देशन समेत दिएका छन्।

संसद विघटन गरेपछि ओलीले आज दिउसो प्रधानमन्त्री निवास बालुवाटारमा बोलाएर सुरक्षा निकायका प्रमुखहरुसँग छलफल गरेका हुन।

प्रधानमन्त्री ओलीले बदलिँएको परिस्थितिका बारेमा छलफल गर्नुका साथै आवश्यक निर्देशन दिएको प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।

छलफलमा नेपाली सेना, प्रहरी, सशस्त्र प्रहरी प्रमुखका साथै गृहमन्त्री, अर्थमन्त्री लगायत उपस्थित थिए।

ओलीले प्रधानसेनापति पूर्णचन्द्र थापा, नेपाल प्रहरीका महानिरिक्षक शैलेस थापा क्षत्री, सशस्त्र प्रहरी बलका महानिरिक्षक शैलेन्द्र खनाल र राष्ट्रिय अनुसन्धान आयोगका प्रमुख गणेश अधिकारीलाई बालुवाटारमा बोलाएर मुलुकको सुरक्षा चुनौतीको विषयमा छलफल गरेका हुन्।

ओलीले संसद विघटन गरेपछि मुलुकका विभिन्न स्थानमा आन्दोलन र विरोध सुरु भइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button