सुर्यवंशीले ल्याए ‘मेरी आमा’

काठमाण्डौ – कलाकार अजय सुर्यवंशीले आफ्नो पहिलो म्युजिक भिडियो गीत आफ्नी आमालाई सर्मपित गर्दै ‘मेरी आमा’ बजारमा ल्याएका छन् ।

बिगतदेखि हास्यव्यंग टेलिश्रृंखला तथा अन्य गीती अभिनयमा जमिरहेका नवलपरासी बर्दाघाट नगरपालिका वडा ४ बासी अजय सुर्यवंशीले आफ्नी आमालाई सर्मपित गर्दै पहिलो पटक बजारमा ‘मेरी आमा’ गीति एल्बल ल्याएका हुन् । सुर्यवंशीले गीतमा आफ्नी आमाले आफ्नो लागि दिएको योगदानको चित्रण उतारेका छन् ।

लेखक कुमार अर्जुनको शब्दमा बनेको गीतको ‘टिजर’ केही समयअघि र म्युजिक भिडियो आफ्नै युट्युवबाट सार्वजनिक भएको गायक सुर्यवंशीले बताए ।

सुर्यवंशीको स्वर /संगित रहेको उनको यो पहिलो गीतमा भिडियोको निर्देशन ज्योती प्रडक्सन गरेको थियो । यसअघि ‘गोर्खे’ फिल्मको ‘बैरी भयो ’फिल्मी गीतदेखि हरिवंश आचार्यको चर्चित ‘उ गरेर उ गरौ ’नामक चर्चित टेलिश्रृंखलामा एक जोशिला युवकको अभिनयसमेत् गरेका छन् । यसबाहेक दर्जनौ गीत र कविता लेखेका छन् ।

सिन्धु साहित्यिक वाङ्मय प्रतिष्ठानका सदस्य समेत् रहेका सुर्यवंशी वाङ्मयको अनेक अभियान र चेतनामुलक यात्रामा सहभागी हुँदै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button