सेती नदीमा बगेर बालक बेपत्ता

बझाङको सेती नदीमा बगेर एक बालक बेपत्ता भएका छन् । जिल्लाको जयपृथ्वी नगरपालिका-४ का हिमाल पुरीका ६ वर्षिया छोरा उत्तर पुरी नदीमा बेपत्ता भएका बझाङ प्रहरीले जानकारी दिएको छ ।
जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख प्रहरी नायव उपरिक्षक रुपक खड्काका अनुसार नदीमा पानी पिउनका लागि गएका पुरी नदीमा बगेर बेपत्ता भएका हुन् ।
शुक्रबार दिउँसो सेती नदीमा पानी तान्ने मोटर निकाल्न गएका परिवारका सदस्यसंगै उनी पनि नदीमा गएका थिए ।
उनको एक चप्पल मात्र भेटिएको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीले बालकको खोजी गरेपनि शुक्रबार भेटाएको छैन् भने उनको शनिबार समेत खोजी कार्य थालेको छ ।