सेनालाई युद्धका लागि तयार रहन चिनियाँ राष्ट्रपतिको आदेश

बेइजिंग । चिनियाँ राष्ट्रपति सी जिनपिङले जनमुक्ति सेना (पीएलए)लाई युद्धका लागि तयार रहन आदेश दिएका छन्।
मंगलबार सैन्य अड्डामा भ्रमणको क्रममा राष्ट्रपति सीले चिनियाँ सेनालाई युद्धका लागि पूर्ण तयार रहन निर्देशन दिएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन।
मंगलबार राष्ट्रपति सी गुआंग्डोंग प्रान्तको सैन्य अड्डा भ्रमणमा निस्केका थिए।
राष्ट्रपति सीले सैनिकहरूलाई युद्धको लागि तयारी अवस्थामा वस्नयम तथा यसका लागि आफ्नो मन(मस्तिष्क तयार पार्न आदेश दिएका हुन।
भारतसँगको सीमा विवाद, अमेरिकासँगको विग्रदो सम्बन्ध तथा ताइवानको मामिलाले बढाएको दूरीबीच राष्ट्रपति सीको यस्तो आदेश आएको हो।