सेभिल्ला युरोपा कप फुटबलको फाइनलमा प्रवेश

काठमाडाैं । स्पेनिस क्लब सेभिल्ला युरोपा कप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

गएराति भएको पहिलो सेमिफाइनलमा इङ्लिस क्लब म्यानचेस्टरयुनाइटेडलाई २–१ गोलले पराजित गर्दै सेभिल्ला उपाधि नजिक पुगेको हो ।

सेभिल्लाले अब इन्टर मिलान र शख्तर डोनेस्कबीचको बिजेतासँग उपाधिका लागि प्रतिष्पर्धा गर्नेछ । इन्टर मिलान र शख्तर डोनेस्कबीचको सेमिफाइनल खेल आज राति हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button