सोनिया गान्धीले पार्टी अध्यक्षबाट राजीनामा दिने

दिल्ली । भारतीय राष्ट्रिय काँग्रेसकी अध्यक्ष सोनिया गान्धीले पदबाट राजीनामा दिने भएकी छन्।
यसका लागि उनले पार्टीका नेता तथा आफ्ना सहयोगीहरु नयाँ अध्यक्ष छान्न भनिसकेकी छन्।
काँग्रेसकी अन्तरिम अध्यक्ष बनेकी सोनियाको यसै महिना एक बर्षको कार्यकाल पूरा हुँदै छ।
गत वर्ष राहुल गान्धीले राजीनामा दिएपछि सोनियाले अध्यक्षको पदभार ग्रहण गरेकी थिइन्।
सोमबार कांग्रेस कार्यसमितिको बैठक बिहान ११ बजे भिडियो कन्फरेन्सिंग मार्फत हुनेछ। यसै बैठकमा नयाँ अध्यक्षको टुंगो लाग्नसक्छ। केहीले राहुल फेरि अध्यक्ष बन्नसक्ने अनुमान गरेका छन्।