सोमबार बस्ने भनिएको नेकपा सचिवालय बैठक स्थगित

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक स्थगित भएको छ ।
सोमबार दिउँसो २ बजे पार्टी कार्यालय पेरिशडाँडामा बस्ने भनिएको बैठक मंगलबार बिहान ११ बजे बस्ने गरी स्थगित भएको हो ।
सोमबारको बैठकबाट मन्त्रीमण्डल पूनर्गठनका सन्दर्भमा ठोस निर्णयमा पुग्ने भनिएको थियो ।
तर, मन्त्रीमण्डल पुनर्गठनका सन्दर्भमा दुई अध्यक्षको नै गृहकार्य नपुगेको भन्दै सोमबारको सचिवालय बैठक स्थगित भएको हो ।
सचिवालय बैठक स्थगित भएपछि अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल (प्रचण्ड)बीच बालुवाटारमा छलफल शुरु भएको छ ।
मन्त्रीमण्डल पुनर्गठनकै सन्दर्भमा छलफल गर्न ओली र प्रचण्डबीच भेटवार्ता शुरु भएको हो ।