स्थानीय निर्वाचनमा बहालवाला जनप्रतिनिधिले राजीनामा दिनुपर्ने व्यवस्था रोक्न सर्वोच्चको आदेश (आदेशसहित)

काठमाडौँ, ८ चैत । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन अघि नै बहालवाला जनप्रतिनिधिहरुले राजीनामा दिनुपर्ने आचारसंहिता रोक्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ ।

मंगलबार न्यायाधीश बमकुमार श्रेष्ठको इजलासले आगामी वैशाख ३० गते हुने स्थानीय निर्वाचनमा उम्मेदवार हुन बहालवाला जनप्रतिनिधिले राजीनामा दिनुपर्ने निर्वाचन आचारसंहिता रोक्न आदेश दिएको हो ।

अदालतले राजनीनामा दिनुपर्ने व्यवस्था राख्नुको लिखित कारण पेश गर्न समेत निर्वाचन आयोगलाई आदेश दिएको छ ।

सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले दायर गरेको रिटमा सुनुवाइ गर्दै अदालतले कारण देखाऊ आदेशसहित अल्पकालीन अन्तरिम आदेश दिएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button