‘स्मार्ट लकडाउन’ प्रभावकारी रूपमा कार्यान्वयन गर्न सिफारिस

काठमाडौं । कोभिड १९ संकट व्यवस्थापन समन्वय केन्द्रले स्मार्ट लकडाउन प्रभावकारी रूपमा कार्यान्वयन गर्न गृहमन्त्रालयलाई सिफारिस गरेको छ ।

आइतबार बसेको बैठकले स्मार्ट लकडाउनको कार्यविधिलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न भनिएको केन्द्रकी प्रवक्ता सुनिता नेपालले बाह्रखरीले जानकारी दिइन् ।

“कोभिड १९ संक्रमणको स्थानीय अवस्था हेरी जोखिम नियन्त्रणका लागि स्मार्ट लकडाउन सम्बन्धी कार्यविधि, २०७८ र एकीकृत कोभिड १९ रोकथाम, नियन्त्रण र उपचार कार्ययोजना, २०७८ कार्यान्वयनलाई थप प्रभावकारी बनाउन गृहमन्त्रालयमार्फत निर्देशित गर्ने निर्णय भएको छ,” उनले भनिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button