स्वास्थ्य मन्त्रालयको पत्रकार सम्मेलन आजदेखि नियमित हुने

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड(१९ का बारेमा जानकारी दिन गर्दै आएको नियमित पत्रकार सम्मेलन आजदेखि पुन: सुरु हुने भएको छ ।
मन्त्रालयले गएको शुक्रबारदेखि पाँच दिनका लागि नियमित पत्रकार सम्मेलन स्थगित गरेको थियो । दशैँ पर्वका कारण स्थगित पत्रकार सम्मेलन आजदेखि नियमित र थप परिमार्जनसहित हुने स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले बताएका छन ।