स्वास्थ्य मन्त्रालय माताहतका चार अस्पताल विकास समितिमा पदाधिकारी नियुक्त

खुशमाया काउचा, चितवन / २१ फागुन । भरतपुर अस्पताल विकास समितिको सदस्यमा गोपालकुमार शाही र प्रेमराज तिमिल्सिना नियुक्त भएका छन् ।
स्वास्थ्य तथा जनसख्या मन्त्रालयकाे मातहतका चार अस्पतालका विकास समितिमा पदाधिकारी नियुक्त गरेको हो।
मन्त्रालयले भरतपुरसँगै कोशी, नारायणी र सुशील कोइराला प्रखर क्यान्सर अस्पताल विकास समितिमा अध्यक्षदेखि सदस्यहरु नियुक्त गरेका छन् ।
मन्त्रालयका अनुसार कोशी अस्पताल विकास समितिको अध्यक्षमा भिष्मजङ्ग कार्की, सदस्यहरुमा लिला ढुङ्गेल वाग्ले, रामविलास यादव र दिपेन्द्रकुमार मेहता नियुक्त भएका हुन् । नारायणी अस्पताल विकास समितिमा रमेश प्रसाद चौधरी र रोशनी कुमारी सदस्यमा नियुक्त हुनु भएका छन्। सुशील कोइराला प्रखर क्यान्सर अस्पताल विकास समितिको अध्यक्षमा किशोर थापा, सदस्यहरुमा इमरान खाँ, दिपा केसी र सूर्यलाल यादव नियुक्त हुनु भएका छन्।
मन्त्रालयले उक्त अस्पतालको यस भन्दा पहिला पदाधिकारीलाई बर्खास्त गरेकाे छ । अध्यक्ष भक्तबहादुर केसी, सदस्यहरु पूर्णचन्द्र पोखरेल, मोहम्मद मुविन खाँ र चरित्रा शाहलाई बर्खास्त गरेको मन्त्रालयले बताएकाे छ।