स्वास्थ्य मापदण्ड पालना गरेर दशैं मनाऔँः राष्ट्रपति भण्डारी

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारले लागू गरेको स्वास्थ्य मापदण्ड पालना गरेर दशैं मनाउन आग्रह गरेबि छिन ।

राष्ट्रपति भण्डारीले बडादशैंको शुभकामना दिँदै सोमबार कोरोना महामारीको जोखिम बढेकाले सरकारले लागू गरेको स्वास्थ्य मापदण्ड पूरा गरेर मात्र दशैं मनाउन आग्रह गरेकी हुन ।

उनले सामाजिक तथा भौतिक दूरी कायम गरी मौलिक चाडपर्वको संरक्षण एवं सम्वद्धन गर्न समेत आह्वान गरेकी छिन ।

आफू र आफ्नो परिवारसमेत सचेत र सजग हुँदै सुरक्षाका उपायहरू अवलम्बन गर्नु सबैको दायित्व हुन हुने राष्ट्रपति भण्डारीको भनाइ छ ।

दशैंले क्रोध, लोभ, अन्याय, अत्याचार, रोग, व्याधि तथा भोक र शोकले व्याप्त अनेक असत्यताको अन्त्य गर्दै सामाजिक एकता, आपसी सदभाव र भ्रातृत्व अभिवृद्धिमा टेवा पुग्ने राष्ट्रपति भण्डारीको विश्वास छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button