हत्याको आरोपमा एक जना पक्राउ

सिन्धुपाल्चोक– सिन्धुपाल्चोक प्रहरीले हत्याको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।
प्रहरीले सिन्धुपाल्चोक ईन्द्रावती गाउँपालिका-४ टाँकुरे तामाङटोलका कुमार तामाङलाई प्रकाउ गरेको हो ।
मेलम्ची नगरपालिका-१० साधखोलाकी मिनकुमारी खड्काको हत्या गरी फरार रहेको आरोपमा उनी पक्राउ परेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।