हिन्दू राष्ट्र र राजसंस्था सडकबाटै पुनर्स्थापित गर्ने कमल थापाको चेतावनी

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष कमल थापाले सडकबाटै हिन्दू राष्ट्र र राजसंस्था पुनर्स्थापित गर्ने चेतावनी दिएका छन् ।

सर्वपक्षीय सम्मेलनमार्फत हिन्दू राष्ट्र र राजसंस्था पुनर्स्थापित गर्न माग गरेका थापाले त्यसो नभए सडकबाटै आफ्ना मान्यता स्थापित गर्ने उनको चेतावनी दिए ।

शुक्रबार काठमाडौंमा विरोध प्रदर्शनपछि आयोजित सम्बोधन गर्दै राप्रपा अध्यक्ष थापाले हिन्दू राष्ट्र र राजसंस्थाको पुनर्स्थापना अब राप्रपाको मात्र एजेण्डा नभएर आम नेपालीको भएको उनको भनाइ थियो ।

थापाले यदि हिन्दु राष्ट्र र राजसंस्थालाई पुनर्स्थापित गर्ने र संघीयतालाई पुनरावलोकन नगर्ने हो भने सडकबाटै आफ्ना मान्यता स्थपित गर्ने बताए ।

संसद भंग भएपछि संवैधानिक जटिलता सिर्जना भन्दै उनले राजनीतिक दलहरुले जिम्मेवारीपूर्वक काम नगर्ने हो भने परिस्थिति नियन्त्रण बाहिर जानसक्ने बताए ।

राजसंस्था नहुँदा देश अभिभावक बिहीन भएको र विदशीको चलखेल तीव्र रुपमा बढेको थापाको भनाइ थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button