होप मिशन नेपालको ७ औ बार्षिक साधारण सभा सम्पन्न, अध्यक्षमा पराजुली सर्वसम्मत चयन

काठमाडौं – होप मिशन नेपालको ७ औ बार्षिक साधारण सभा सम्पन्न भएको छ ।

संस्थाका अध्यक्ष प्रेम बहादुर सुब्बाको अध्यक्षतामा संस्थाको वार्षिक कार्यक्रम तथा सम्भाबित बजेट पारित भएको हो ।

कार्यक्रममा बोल्दै अध्यक्ष सुब्बाले संस्थाले समाज र बालबालिकाको क्षेत्रमा पुराएको योगदानको खुलेर प्रशंसा गरेका छन् ।

संस्थाका सचिब तथा कार्यकारी निर्देशक सुरेश कुमार योन्जनले चालु आव ०७६/७७ मा संस्थाले गरेको उपलब्धी, भावी योजना, सम्भावना र भविष्यमा आउन सक्ने चुनौतिको बारेमा जानकारी गराएका थिए ।

संस्थाले समुदायमा आधारित आत्म बिकास र स्वस्थ्य पारिवारिक जीवन प्रशिक्षण, जाडोको न्यानो लत्ताकपडा राहत बितरण, बालबालिकाहरुलाई शिक्षामुलक जनचेतनामुलक कार्यक्रम, शैक्षिक सामाग्री बितरण, कोभिडको स्वास्थ्य सामाग्री र राहत बितरण लगायत अन्य विविध क्षेत्रमा गरेको उल्लेखनीय कार्यहरूमा समेत अग्रणी स्थान लिन सफल रहेको जनाएको छ ।

कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी निर्देशक सचिव योन्जनले संस्था संस्थाहरुबाट प्रत्यक्ष रुपमा झन्डै २००० भन्दा बढी व्यक्तिहरु लाभान्वित भएको जानकारी गराए ।

साधारण सभाले २०७७/०७८ को सम्भाबित बजेट र कार्यक्रमसमेत पारित गर्दै पदमनाथ पराजुलीको अध्यक्षतामा ७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।

नयाँ कार्यसमितिको उपाध्यक्षमा कृष्ण कुमार श्रेष्ठ, सचिवमा सुरेश कुमार योन्जन, कोषाध्यक्षमा भबिन्द्र राई रहेका छन् । त्यस्तै सदस्यहरुमा सोम बहादुर लामा, क्रिसु मुनिकार र सन्तोष खड्का रहेका छन् ।

संस्थाले स्थापनाकालदेखि नै बालबालिकाको शिक्षा, स्वास्थ्य र दया र आत्मनिर्भरताका क्षेत्रमा निरन्तर कार्य गर्दै आइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button