ह्वात्तै बढ्यो कोरोना, एकैदिन ५०८७ जनामा संक्रमण पुष्टि

काठमाडाैँ । नेपालमा काेराेना संक्रमितकाे संख्या दिनानु दिन बढिरहेकाे छ । शुक्रबार एकैदिन ५ हजार ८७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
देशभर गरिएको १३ हजार ४७४ पिसिआर परीक्षणका क्रममा ४ हजार २०४ जना र ७ हजार ८६५ एन्टिजेन परीक्षणका क्रममा ८८३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
कोरोना संक्रमणबाट नेपालमा थप ३ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोनाका कारण ११ हजार ६१३ जनाको मृत्यु भएको छ ।
त्यस्तै, थप ३०६ संक्रमित निको हुँदा हालसम्म नेपालमा ८ लाख १५ हजार ६५३ जना निको भएका छन् । हाल नेपालमा १८ हजार २३५ सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।
