१० किलो लागुऔषध चरेश सहित एक जना प्रक्राउ

बैतडी / १९ मंसिर २०७७, बिहिवार । बैतडीमा लागु औषध चरेश सहित एक जना पक्राउ परेका छन ।

१० किलो लागु औषध चरेश सहित बुङ्गल नगरपालिका ९ का अन्दाजी ३० बर्षिय मान बहादुर धानुक प्रक्राउ परेको बैतडीका प्रमुख प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिनुभयो ।

लागु औषध चरेशको खरिद बिक्री भईरहेको भन्ने गोप्य सुचनाका आधारमा सुदुरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायल र जिल्ला प्रहरी कार्यालय बैतडीको संयुक्त गस्ति टोलीले पुर्चाैडी नगरपालिका ६ मुडेली धारबाट गएराती धाुनकलाई प्रक्राउ गरिएको उहाँले जानकारी दिनुभयो ।

लागु औषध चरेश सहित पक्राउ परेका धानुकलाई ईलाका प्रहरी कार्यालय पाटनमा ल्याई अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button