१२ लाख बराबरका नक्कली नोटसहित बाराबाट २ जना पक्राउ

बारा । नेपाली रुपैयाँ १२ लाख १६ हजार बराबरका नक्कली नोटसहित बारा प्रहरीले २ जनालाई पक्राउ गरेको छ । बाराको सिम्रौनगढ नगरपालिका–९ बसवरिया नहरबाट १ हजार दरका १ हजार २ सय १६ थान नक्कली नोटसहित २ जना पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा बाराको बारागढी गाउँपालिका–५ सिघासनी बस्ने २३ वर्षीय बलिराम चौधरी र भारत बिहार मोतिहारी घर भएका २७ वर्षीय सन्दीप कुमार छन् ।

बा ६४ प ९७०६ नम्बरको मोटरसाइकलमा सवार उनीहरुलाई चेकजाँच गर्ने क्रममा नक्कली नोटसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराले जानकारी दिएको छ । प्रहरीलाई दिएको बयानमा उनीहरुले ती नोट ३० थान मोबाइल सेट बिक्री गरेर प्राप्त गरेको बताएका छन् ।

मोबाइल खरिद गर्ने व्यक्तिहरुले ३० थान मोबाइल सेट लिएर आफूहरुलाई ती नोट दिएर फरार भएको उनीहरुले बयान दिएका प्रहरीले जानकारी दिएको छ । प्रहरीले मोबाइल लिएर फरार भएका व्यक्तिहरुको खोजी शुरु गरिएको पनि जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button