१३ औं सागमा पदक विजेता तीन खेलाडी डोपिङमा, पदक खोसियो

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा विजेता तीन खेलाडीको पदक खोसिएको छ ।

डोपिङ टेस्ट पोजेटिभ आएपछि उनीहरुको पदक खोसिएको हो। पदक खोसिने तीनै खेलाडी पाकिस्तानी हुन्।

उनीहरुले व्यक्तिगततर्फ दुई स्वर्ण र एक कास्य तथा एक टिम इभेन्टमा कास्य जितेका थिए। उनीहरुको डोपिङ टेस्टको लागि यूरिन स्याम्पल दोहाको एन्टि डोपिङ ल्यावमा पठाइएको थियो।

एथलेटिक्सतर्फ १ सय मिटर दौडमा कास्य पदक विजेता सामी उल्लाह, १ सय १० मिटर हर्डल्समा स्वर्ण विजेता मुहमद नइम र ४ सय मिटर हर्डल्समा स्वर्ण विजेता महबुब अलीको पदक खोसिएको नेपाल ओलम्पिक कमिटीले जनाएको छ। उनीहरुको पदक खोस्दै चार वर्ष प्रतिबन्ध लगाइएको छ।

ल्याव परीक्षणमा उनीहरुले प्रतिबन्धित औषधी औषधी प्रयोग गरेको खुलेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button