१३ वर्षीया बालिका बलात्कार गरेको आरोपमा २२ वर्षीय युवक पक्राउ

धादिङ। १३ वर्षीया एक बालिकालाई बलात्कार गरेको अभियोगमा एक जनालाई जिल्ला प्रहरी कार्यालय धादिङले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा ज्वालामुखि गाउँपालिका–१ का २२ वर्षीय सुमन कुमाल रहेको प्रहरीले जनाएको छ ।

पीडित परिवारले दिएको जाहेरीका आधारमा कुमाललाई शुक्रबार पक्राउ गरिएको प्रहरी निरीक्षक सरोज राइले जानकारी दिए ।

बालिकालाई घरमा बोलाई बलात्कार गरेको अभियोग कुमाललाई लगाइएको छ ।

बालिकाको जिल्ला अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button