१४९ संक्रमित आईसीयू र भेन्टिलेटरमा, कुन प्रदेशमा कति ?

काठमाडौँ– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १४९ कोरोना संक्रमितको देशका विभिन्न आईसीयू र भेन्टिलेटरमा उपचार भइरहेको छ ।

मन्त्रालयको मंगलवारको तथ्यांक अनुसार देशभर ११६ कोरोना संक्रमितको आईसीयूमा र ३३ को भेन्टिलेटरमा गरी कुल १४९ जना उपचाररत छन् ।

मन्त्रालयको तथ्यांक अनुसार प्रदेश १ मा २६ जना आईसीयूमा र १० जना भेन्टिलेटरमा उपचाररत छन् । यसैगरी प्रदेश २ मा १ जना आईसियूमा उपचाररत छन् भने बागमती प्रदेशमा ६३ जना आईसीयूमा र २० जना भेन्टिलेटरमा उपचारत छन् ।

गण्डकी प्रदेशमा ४ जना आईसीयूमा उपचाररत छन् । त्यस्तै लुम्बिनी प्रदेशमा १८ जना आईसीयूमा र २ जना भेन्टिलेटरमा उपचाररत छन् । सुदुरपश्चिममा ४ जना आईसीयूमा र १ जना भेन्टिलेटरमा उपचाररत छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button