२४ घन्टामा कोरोनाले थप २६ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घन्टामा कोरोना भाइरस संक्रमणका कारण नेपालमा थप २६ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्न भागमा आज थप २६ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको हो ।

यससँगै कोरोनाका कारण नेपालमा अहिलेसम्म ७९१ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घन्टामा नेपालमा थप ५ हजार ७ सय ४३ जनामा कोरोना संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा आज देशभर ५ हजार ७ सय ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १४४८७१ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button