२६ बैंकको नाफा ३० अर्व ५४ करोड: प्रतिशतमा एनएमबी, अंकमा नबिल अगाडी

२६ वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ३० अर्व ५४ करोड ५४ लाख खुद नाफा कमाएका छन् । बैंकहरुले गत आवको सोही अवधीमा २८ अर्व ६ करोड ३ लाख रुपैँया नाफा गरेकोमा बैंकहरुको नाफा औषतमा नाफा ८ दशमलव ८५ प्रतिशत बढेको हो ।
आठ बैंकको नाफा घट्यो
चालू आवको ६ महिनामा आठ वाणिज्य बैंकको नाफा घटेको छ । गत आवको सोही अवधीको तुलनामा सिटिजन्स बैंक, सिभिल बैंक, लक्ष्मी बैंक, नविल बैंक, नेपाल बैंक, नेपाल इन्भेष्टमेण्ट बैंक, नेपाल एसबिआई बैंक र सिद्धार्थ बैंकको नाफा घटेको हो । सिद्धार्थ बैंक र सिभिल बैंकको संचालन नाफा घटेपछि नाफा घटेको हो । बाँकी ६ बैंकको खुद व्याज आम्दानी र संचालन नाफा घटेपछि नाफा घट्न पुगेको हो ।
बढी नाफा एनएमबिको
गत आवको दोस्रो त्रैमासको नाफा सँग चालू आवको दोस्रो त्रैमासको नाफा हेर्दा एनएमबि बैंकको नाफा ४७ दशमलव ४० प्रतिशत वृद्धि भएको छ । गत आवमा १ अर्व १० करोड ९९ लााख नाफा गरेको बैंकले चालु आवको ६ महिनामा १ अर्व ६४ करोड नाफा गरेको छ ।
रकमको आधार नबिल पहिलो
चालु आवको ६ महिनासम्म नविल बैंकको नाफा धेरै छ । बैंकको नाफा २ अर्व ४ करोड १८ लाख छ । बैंकले गत आवको सोही अवधीमा २ अर्व १७ करोड ६८ लाख नाफा गरेको छ । गत आवको सोही अवधीसँग तुलना गर्दा बैंकको नाफा घटेको छ ।
दोस्रोमा रकमको आधारमा एनआइसी एशिया बैंकले २ अर्व १ करोड ६२ लाख नाफा गरेको छ । बैंकले गत आवको सोही अवधीमा १ अर्व ५१ करोड १४ लाख रुपैँया भन्दा बढी नाफा गरेको थियो । बैंकको नाफा गत आवको तुलनामा ३३ प्रतिशत वृद्धि भएको छ ।
सिभिलको नाफा सबैभन्दा कम
२६ वाणिज्य बैंक मध्ये सिभिल बैंकले सबैभन्दा थोरै नाफा गरेको छ । बैंकले चालू आवको ६ महिनासम्म ३१ करोड ६२ लाख ४७ हजार नाफा गरेको छ । बैंकले गत आवको सोही अवधीमा ३७ करोड ९ लाख नाफा गरेको थियो । बैंकको नाफा १४ प्रतिशत घटेको हो ।
सिभिल पछि सेन्चुरी कमर्सियल बैंकले ६५ करोड २ लाख नाफा गरेको छ । बैंकले गत आवको ६ महिनामा ५१ करोड ८१ लाख नाफा गरेको थियो । बैंकको नाफागत आवको तुलनामा २५ प्रतिशत बढेको छ ।