६५ जिल्लामा चुनिए एमालेका नयाँ नेतृत्व [सूचीसहित]

काठमाडौं- नेकपा (एमाले)ले ६५ जिल्लामा नयाँ नेतृत्व चयन भएको जानकारी दिएको छ। एमाले केन्द्रीय सदस्य एवं केन्द्रीय प्रचार तथा प्रकाशन विभाग उपप्रमुख विष्णु रिजालका अनुसार ६३ जिल्लामा अधिवशेन र दुई जिल्लामा विशेष अधिवेशनमार्फत् नयाँ नेतृत्व चयन भएका हुन्।

पर्सा, सिन्धुपाल्चोक, चितवन, दैलेख र मुगु गरी पाँच जिल्लामा अधिवेशन उदघाटन भइ नेतृत्व चयन र समापन बाँकी रहेको उनले जानकारी दिएका छन्। यस्तै धनुषा, महोत्तरी, सर्लाही, मनाङ, मुस्ताङ, रुकुम पूर्व, रोल्पा, हुम्ला र बझाङ गरी नौ जिल्लामा अधिवेशनका लागि कोभिङ-१९ महामारीको संक्रमणलाई ध्यानमा राखी तय गरिने जानकारी दिइएको छ।

त्यसैगरी, विद्यार्थी विशेष र उद्योग-व्यवसायी विशेष जिल्ला कमिटीका अधिवेशनहरु पनि पछि आयोजना गरिने रिजालले बताएका छन्। जिल्ला कमिटी सरहका सम्पर्क कमिटीहरुहरुमध्ये मधेस प्रदेशबाहेक छ वटै प्रदेश कमिटीका अधिवशेनहरु सम्पन्न भएको उनले जानकारी दिए।

यी हुन् नवनिर्वाचित जिल्ला अध्यक्षहरु:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button