९ महिनायता बन्दरहेको लाइसेन्सको अनलाईन आवेदन आज विहानबाट खुल्ने

काठमाडौं । कोरोना महामारीका त्रासका कारण ९ महिनायता बन्दरहेको सवारी चालक अनुमतिपत्र (स्मार्ट ड्राइभिङ लाइसेन्स) का लागि अनलाइन आवेदन दिन सकिने भएको छ ।
मंगलबार(आज) देखि अनलाइन रजिष्ट्रेसन गर्न सकिनेछ ।
त्यसका लागि समय बिहान ६ बजेदेखि १० बजेसम्म रहेको यातायात व्यवस्था विभागले जनाएको छ ।
साप्ताहिक रूपमा छुट्याइएको कोटा उपलब्ध हुँदा मात्र फर्म रजिष्टर हुन्छ ।
विभागले बायोमेट्रिक डेटका आधारमा आइतबार, सोमबार, मंगलबार र बुधबार कोटा उपलब्ध गराउनेछ ।
ड्राइभिङ लाइसेन्स परीक्षाका लागि उपलब्ध गराइएको मितिमा सेवाग्राहीले परीक्षा नदिए पुनः १५ दिनपछि अनलाइन फर्म भर्न पाउँछन् ।
लिखित परीक्षा अनुत्तिर्ण भएका सेवाग्राहीले ९० दिनपछि पुन: अनलाइन दर्ता गर्न सक्छन् ।
अनलाइन आवेदकले अनलाइन एप्लिकेशन र लाइसेन्सको अवस्था थाहा पाउन Check Status बटन क्लिक गरी थाहा पाउन सक्छन् ।
लिखित परीक्षाको नतिजा मोबाइलमा WT<space>Applicant ID> लेखी 33001 मा सेन्ड गर्नुपर्ने हुन्छ ।
त्यस्तै स्मार्ट कार्ड छापिएकाे वा नछापिएको बारे थाहा पाउन LC<space>Applicant ID> लेखी 33001 मा सेन्ड गर्नुपर्ने हुन्छ ।