कर्मचारीहरुको नयाँ तलबमान र सुविधाको विवरण सार्वजनिक

काठमाडौँ– अर्थ मन्त्रालयले सरकारी कर्मचारीहरूको नयाँ तलबमान र सुविधाको विवरण सार्वजनिक गरेको छ।

यसअनुसार सबै तहका निजामती कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, स्वास्थ्य सेवा, संसद् सेवा, सामुदायिक विद्यालयमा कार्यरत शिक्षक र प्रदेश तथा स्थानीय तहका कर्मचारीका लागि सरकारले साउन महिनादेखि लागू हुने गरी सरकारी कर्मचारीको तलबमान वृद्धि गरेको हो ।

अर्थ मन्त्रालयबाट २४ साउनमा स्वीकृत भएको नयाँ तलबमानलाई मन्त्रिपरिषद्ले स्वीकृत गरेसँगै नयाँ तलबमान एवं ग्रेड कायम भएको मन्त्रालयले जनाएको छ। 

प्राविधिक ग्रेडका सम्बन्धमा मन्त्रिपरिषद्को ०७६ माघ २७ को निर्णयअनुसारको व्यवस्थाअनुसार २०५७ साउन १ भन्दा अगाडि नियुक्ति भएका प्राविधिक कर्मचारीहरूको हकमा ०७९ साउन १ गतेबाट वृद्धि भएको तलब समावेश गरी एक दिनको तलब बराबरको १ ग्रेडको दरले हुने प्राविधिक २ ग्रेडबापतको रकम उपलब्ध गराइने मन्त्रालयले जनाएको छ। 

सरकारले सरकारी कर्मचारीको तलब १५ प्रतिशतले बढाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button