पत्रकारलाई दुर्व्यवहार गरेको घटनाप्रति माफ नेपालको ध्यानाकर्षण

काठमाडौँ– समाचार संकलनका लागि पुगेका एमबिखबर अनलाइनमा कार्यरत पत्रकार राजकुमार सुब्बालाई दुव्र्यवहार गरेको घटनाप्रति मिडिया एड्भोकेसी फोरम नेपालले ध्यानाकर्षण भएको जनाएको छ ।

साउन २७ गते शुक्रवार दिउँसो ललितपुर म.न.पा. वडा नं. २८ हरिसिद्धिस्थित चेला संगतिमा त्यहाँका गतिविधिबारे समाचार संकलनका लागि त्यहाँ पुगेका पत्रकार सुब्बालाई एक्कासि अराजक समूहले गालिगलौज अपशब्द बोली लछारपछार गर्दै दुर्व्यवहार गरेको घटनाको माफ नेपालले विज्ञप्ति जारी गर्दै भर्त्सना गरेको छ ।

मिडिया एड्भोकेसी फोरम नेपालका महासचिव निरोज तोलाङेद्वारा जारी विज्ञप्तीमा भनिएको छ, ‘स्वतन्त्रतापूर्वक पेशागत कर्ममा जुटेका पत्रकारमाथि अराजक समूहबाट भएको यो हर्कत अत्यन्त निन्दनीय हुनुका साथै प्रेस स्वतन्त्रतामाथिको आक्रमण हो । मिडिया एड्भोकेसी फोरम नेपाल प्रेस स्वतन्त्रताविरोधी यस कार्यमा संलग्न व्यक्तिहरूमाथि तत्काल कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाएर पत्रकारलाई सुरक्षाको प्रत्याभूति दिलाउन र प्रेसको संवैधानिक अधिकार, स्वतन्त्रता र सुरक्षाको विषयलाई गम्भीर रूपमा लिन सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदछ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button