प्रदेश १ को नाम बजेटपछि राख्न एमाले-कांग्रेस सहमत

विराटनगर । प्रदेश १ सरकारले आगामी आर्थिक वर्ष २०७९–८० को बजेट सार्वजनिक गरेपछि प्रदेशको नाम टुङ्गो लगाउने भएको छ । यही आर्थिक वर्ष भित्र नाम टुङ्गो लगाउन शीर्ष राजनीतिक दल सहमत भएका हुन् ।

चालु दशौं तथा अन्तिम बजेट अधिवेशनबाट नामकरण गर्न नेपाली कांग्रेस र नेकपा एमाले सहमत भएका हुन्।

आइतबार प्रदेशसभा बैठकपछि एमालेले नामकरणका लागि सहजीकरण गर्न गठन गरेको कार्यदलका संयोजक हिक्मत कार्की र कांग्रेस संसदीय दलका नेता राजीव कोइरालाको छलफलपछि यही आर्थिक वर्षमा प्रदेशको नामाकरण गर्ने सहमती भएको हो । छलफलमा उनीहरु जारी अधिवेशनबाटै नामको टुङ्गो लगाउन सहमत भएका हुन्।

प्रदेशको जारी अधिवेशनबाट नाम टुङ्गो लगाउन एमाले तयार भएको एमालेले जनाएको छ । आजको संसद बैठकमा विशेष समय लिएर बोल्दै कार्कीले एमाले नाम टुङ्गो लगाउन सकारात्मक भएका कारण सहकार्य गर्न सत्तापक्षलाई आग्रह समेत गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button