राउतको अध्यक्षतामा पूर्व सुरक्षाकर्मी परिषद गठन

काठमाडौं । सुरक्षा निकायमा लामो समय काम गरेर अवकाश पाएकाहरुले पूर्व सुरक्षाकर्मी परिषद गठन गरेका छन् ।
नेपाली सेनामा लामो समय काम गरेर अवकाश पाएका केवी राउतको संयोजकत्वमा परिषद गठन गरिएको हो ।
परिषदमा नेपाली सेना, शसस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग, नेपाल प्रहरी, भारतीय सेना तथा बेलायती सेनामा काम गरेकाहरुले संयुक्त रुपमा सहभागीता रहेको छ ।
राजधानीमा आयोजित परिषदको समुद्घाट कार्यक्रममा नेपाली सेनाका पूर्व प्रधानसेनापति रुक्माङगत कटुवालले अहिले देशको सीमा र स्वाधीनतामा माथी ठुलो प्रहार भैइरहेको बताउनुभयो ।
भारत र चीन सहित विश्वका शक्तिशाली मुलुकबाट नेपाललाइ साइलेट आक्रमण भैइरहेको भन्दै यसको रक्षाका लागि सबै लागिपर्ने कटुवालले आग्रह गर्नुभयो ।
रगत बगाएर जोगाएको सीमामा विदेशी र दलालीसँग साँठगाँठ गरेर हस्तक्षेप हुन थालेको भन्दै सबै सचेत बन्न आग्रह गर्नुभयो ।
कार्यक्रममा राष्ट्रिय अनुसन्धानका पूर्व प्रमुख देवीराम शर्माले सुरक्षाकर्मीकै कारण मुलुकको सुरक्षा भएको भन्दै अब एकजुट भएर अगाडी बढ्न आग्रह गर्नुभयो ।
हारेर थाकेको नभइ उमेरले अवकाश पाएको भन्दै धेरै ज्ञान र क्षमता सुरक्षाको विषयमा भएकोले राज्यले चिन्न सक्नुपर्ने धारणा उहाँको थियो ।
कार्यक्रममा नेपाल प्रहरीका पूर्व डिआइजी रमेश खरेलले दलाली र चाकडी गरेर पदमा पुगेकाहरुले मुलुकमा हित र संगठनमा काम गर्न नसक्ने पुष्टी भएको भन्दै यस्ता प्रवृत्ति विरुद्ध उत्रिन सबैमा आग्रह गरे ।
रगतका धर्साले सीमा जोगाएको, कर्तब्य पालनाका लागि लड्दा घाइते र अपाड्ग सहित शहिदसम्म भएको उदाहरण दिदै अब सुरक्षाकर्मीहरु एकढिक्का भएर अगाडी बढ्नपर्ने बताए ।
कार्यक्रममा पूर्व एआइजी ठाकुरमोहन श्रेष्ठ, पूर्व सहायक रथी डा. प्रेमसिंह बस्नेत लगायतले बन्दुक र गोली चलाउनेहरु आदेश पालना मात्रै होइन विवेकशील र सचेत भएको सन्देश दिन परिषद गठन गरिएको बताए ।
परिषदले आगामी दिनमा पनि यस्ता कार्यक्रम गर्दै नागरिक समाजको भूमिका निर्वाह गर्दै अग्रणी संस्था बनाउने परिषदका अध्यक्ष राउतको भनाइ छ ।
Great job all the ex service man…..we need to wake-up….lets do needful….
एउटा बलियो शक्तिपीठ तर कता उन्मुख हुने हो ?!!?