वडा अध्यक्ष सहित परिवारलाई ज्यान मार्ने धम्की

रातोपाटी न्यूज । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका १ लिस्तिका वडा अध्यक्ष मुके शेर्पा र उहाँका सपरिवारलाई नेकपा कार्यकर्ताले ज्यान मार्ने धम्की दिएका छन् ।

सो वडामा रहेको चेयचु सम्पा गुम्बामा तोडफोड गर्दे उनीहरुले वडा अध्यक्षका परिवारलाई ज्यान मार्ने धम्की दिएका हुन् । वडा अध्यक्ष शेर्पाले ज्यान जोगाइदिन प्रहरीलाई आग्रह गर्नु भएको छ । स्थानीय लावाङ शेर्पा घर समेत तोडफोड गरेका छन् । आफ्नो सपरिवारलाई जहाँ भेटे त्यहिँ मारिदिने धम्की दिएको वडा अध्यक्ष मुके शेर्पाले बताउनु भएको छ ।

नेकपा कार्यकर्ताहरुले वडा अध्यक्ष शेर्पाको ९२ बर्षीया आमा श्रील्हामु शेर्पालाई लछारपछार गरि घाइते बनाएका छन् । सोही स्थानका मुनादोर्जे लामा, दावा लामा, तोर्मे लामा, पासाङ लामाले गुम्बा गरि बृद्ध आमा श्रील्हामु शेर्पालाई हातपात गरि घाइते बनाएको वडा अध्यक्ष मुके शेर्पाले जानकारी दिनु भएको छ । लिस्तिका करीब ९० घरधुरी आंतकित भएका छन् ।

ज्यान मार्ने धम्की र गुम्बा तोडफोड गरेको बिषयमा इलाका प्रहरी कार्यालय बाह्बिसेमा किटानी जाहेरी दर्ता भएको छ । सो इप्रका प्रहरी निरिक्षक देवेन्द्र बहादुर शाहले किटानी जाहेरी परेकाहरुको खोजी कार्य गरिरहेको बताउनु भयो । फरारहरुलाई पक्राउ गरि कानुन अनुसार कारवाही हुने निरिक्षक शाहले बताउनु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button