बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु, यातायात ठप्प

धनगढी /  कैलालीमा बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ।
पूर्व–पश्चिम राजमार्ग अन्तरगत जिल्लाको गौरीगंगा नगरपालिकाको राजीपुरमा बसले ठक्कर दिँदा मोटरसाइकल चालक लम्कीचुहा नगरपालिका–४ का २७ वर्षीय लालीतजंग रावतको मृत्यु भएको हो।
दिउँसो ३ बजेतिर पश्चिमबाट पूर्वतर्फ गइरहेको ना ४ ख ३७२९ नम्बरको बसले सोही दिशातर्फ गइरहेको म ८ प नम्बरको ३९८० नम्बरकोे मोटरसाइकललाई ठक्कर दिँदा उनी घाइते भएका थिए। मृतक परिवारले यातायात चक्काजाम गरेका छ्न ।
ठक्करबाट घाइते भएका उनको धनगढीस्थित माया मेट्रो अस्पतालबाट थप उपचारका लागि कैलाली अस्पताल लगिएको थियो। उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
ठक्कर दिने बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button