एमाले महाधिवेशन आयोजक कमिटीको बैठक बस्दै

काठमाडौं । नेकपा एमालेको दशौं महाधिवेशन आयोजक समितिको बैठक बस्दैछ । अहिले ११ बबजेपछि प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्न लागेकाे हाे ।
आज बस्ने बैठकबाट नेताहरुले बुझाएको स्पष्टीकरणमाथि छलफल गरी थप कारबाहीको निर्णय हुन सक्ने बताइएको छ।
अघिल्लो बैठकले प्रतिनिधिसभाका २७ जना र कर्णाली प्रदेशका ५ जना माधवपक्षीय नेतालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो।