विप्लव नेकपाको केन्द्रीय समिति बैठक कपिलवस्तुमा सुरु

काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाको केन्द्रीय समिति बैठक सुरु भएको छ । पार्टी प्रतिबन्ध फुकुवा भएपछिको यो उक्त पार्टीको पहिलो बैठक हो ।

विहीबारबाट कपिलवस्तुमा सुरु भएको बैठकमा पार्टी महासचिव विप्लव लगायतका नेताहरु मास्कसहित देखिएका छन् । सरकारले नेकपासँग तीन बुँदे सहमति गरे पनि कार्यान्वयन भने गरेको छैन ।

सरकारले जेल र हिरासतमा बन्दी बनाएका नेता-कार्यकर्ताको रिहाइ र झुट्टा मुद्दा खारेजीको सहमति गरे पनि पार्टीका केन्द्रीय नेता सुदर्शन, वीरजङ्ग, रणवीर, माइला लामा, आदर्श लगायतका डेढ सय नेता-कार्यकर्ता अझै जेलमै रहेका छन् ।

सरकारले हस्ताक्षर गरेकै दिन धर्मेन्द्र बास्तोला र ओमप्रकाश पुनलाई छाडेको थियो । ओली नेतृत्वको सरकारले सहमति गरेको दुई महिनासम्म पनि सहमति पालना गरेको छैन ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button