जसपा फुट्दैन, कसैले शंका नगरे पनि हुन्छः नेता महतो

काठमाडौं, १० वैशाख । भावी सत्ता सहयात्रामा कसलाई साथ दिने भन्ने बारेमा जनता समाजवादी पार्टी (जसपा) भित्र विवाद बढ्दै गएको छ ।

जसपामा पूर्वसमाजवादी पक्ष (डा. बाबुराम भट्टराई र उपेन्द्र यादव) नेकपा एमाले बाहेकका दलहरुसँग सत्ता सहकार्य गर्नुपर्ने पक्षमा छ भने पूर्व राजपा पक्ष एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारलाई समथर्नको पक्षमा देखिएको छ ।

ओली समूहले विप्लव नेकपा लगायत विगतमा कतिपय पार्टी र समूहसँग गरेको सहमति कार्यान्वयनमा इमान्दार नदेखिएको भन्दै ओलीले अहिले सत्ता जोगाउन जसपालाई भुलाउन र उपयोग गर्न खोजेको जसपाका कतिपय नेताहरुको आरोप छ ।

पूर्व राजपा पक्षका नेताहरु महन्त ठाकुरसहित राजेन्द्र महतो ओलीलाई माग सम्बोधन गराएर समर्थन गर्नुपर्ने पक्षमा उभिएका छन् । जसपामा पूर्व राजपा पक्षधर सांसद १७ जना छन् ।

आगामी सरकार निर्माणका बारेमा निर्णय गर्न जनता समाजवादी पार्टी जसपालाई केही समय लाग्ने भएको छ । जसपाका नेता राजेन्द्र महतोले गर्दै पार्टीमा विचारको स्वतन्त्रता रहेको भन्दै कसलाई समर्थन गर्ने भन्ने विवाद नभएको दावी गरे ।

एकथरी मानिसहरू जसपा फुटोस भनेर लागिपरेको उल्लेख गर्दै आफ्नो पार्टी नफुट्ने नेता महतोको भनाइ छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button