कवि शेर ए.सी.को कवितासङ्ग्रह ‘सुसेली र बलिदान’ विमोचित

ललितपुर । कवि शेर ए.सी. का दुई कवितासङ्ग्रहहरू ‘सुसेली र बलिदान’ को एक विशेष कार्यक्रमका बिच विमोचन गरिएको छ ।

वैवाहिक जीवनको २४औं वर्षगाँठको सुखद अवसरमा बिहीबार एक विशेष कार्यक्रमका बिच नेपाल राष्ट्रिय मण्डली सङगतिका अध्यक्ष रेभ. हनोक तामाङ र क्वाइनोनिया पाटन मण्डलीका बरिष्ट पास्टर डा. मंगलमान मर्हजनले संयुक्त रूपमा दुई गीत तथा कविताका सँगालोहरू सुसेली र बलिदानको विमोचन गर्नुभएको हो ।

शोभा कार्की (ए.सी.) द्वारा प्रकाशित उक्त कृतिमा कवि ए.सी. ले २०५९ देखि २०७७ सम्मका विभिन्न समयमा लेखिएका गीत/कविताहरू, बलिदानमा ७४ र ५० वटा आध्यात्मिक गीत/कविताहरू समावेश गरेका छन् भने सुसेली कवितामा २२ र ५९ वटा सेकुलर गीत/कविताहरू समावेश गरेका छन ।

कवि ए.सी. ले आफ्नो वलिदान कवितासङ्ग्रहमा विभिन्न समयमा ख्रीष्टियन समुदायमाथि आइपरेका सतावट वा समस्या र ख्रीष्टियन जीवन भोगाइका सुख/दुःखहरू साथै ख्रीष्टियन समुदायभित्र भएका विकृति एवम् विसंगतिलाई पनि आफ्ना कवितामार्फत उजागर गर्ने प्रयास गरेका छन् । त्यसैगरी उनले सेकुलर कवितासङ्ग्रह, सुसेलीमा पनि माया प्रीतिका कुराहरू, देश र प्रकृतिको वर्णन, एक ठाउँदेखि अर्को ठाउँसम्म गरिएका यात्रा, भेटघाटमा गरिएका अनुभूति र देखेका सुनेका अनुभवहरू कवितामा उतारेका छन् ।

क्वाइनोनिया पाटन मण्डलीका एल्डर जर्नादन त्रिपाटीको सञ्चालन रहेको ऊक्त विमोचन कार्यक्रममा एन.सी.एफ नेपालका अध्यक्ष हनोक तामाङले कवि ए.सी.को व्यक्तित्व, लेखनकार्य र सेवा कार्यका बारेमा आफ्नो धारणा राखेका थिए ।

उनले भने, ‘आफनो कार्यव्यस्तताका बावजुद पनि साहित्यसाधनामा निरन्तर कलम चलाउने जाँगर र उर्जा लेखकमा देख्न पाउँदा म उहाँको ऊर्जावान् जोसको विशेष सराहना गर्दछु’ ।

वैवाहिक जीवनको पच्चिसौं वर्षगाँठ तथा पुस्तक विमोचन कार्यक्रममा नारायण रिसालले कविता वाचन गरेका थिए भने कवि स्वयम्ले पनि दुईवटा कविताहरू वाचन गरेका थिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button