कोरोनाबाट १४ जनाको मृत्यु, २६ सय बढी संक्रमित थपिए

काठमाडौं । नेपालमा आज एकैदिन २६ सय भन्दा बढी कोरोना भाइरसका संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २६ सय १८ जना नयाँ संक्रमित थपिएका छन्। यो सँगै संक्रमित हुनेको संख्या २ लाख ९७ हजार ८७ पुगेको मन्त्रालयको तथ्यांक छ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट १४ जनाको मृत्यु भएको छ। कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ३ हजार १३६ पुगेको छ।

आज ३६८ संक्रमित निको भएका छन्। हाल १६ हजार ८२८ संक्रमित आइसोलेसनमा छन् भने ७१ जना क्वारिन्टिनमा छन्। नेपालमा हालसम्म २ लाख ७७ हजार १२३ संक्रमित निको भइसकेका छन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button