चेपाङ बालबालिकालाई हार्ट बिटको सहयोग

धादिङ । हार्ट बिट नेपालले मालिका आधारभुत विद्यालयका बालबालिकालाई टिसर्ट र स्टेशनरी सामाग्री वितरण गरेको छ।

धादिङ बेनिघाट रोराङ्ग गाउँपालिका-१० हेक्राङमा रहेको विद्यालयका ६० जना बालबालिकालाई संस्थाले सहयोग सामाग्री वितरण गरेको हो।

हार्ट बिट नेपाल नामक संस्थाले यसअघि पनि समुदायमा आयआर्जन, सचेतना तालिम, विद्यालयमा नि:शुल्क खाजा कार्यक्रम संचालन गर्दै आइरहेको छ।

संस्थाका अध्यक्ष जुजुकाजी महर्जनले धादिङमा रहेको चेपाङ बस्ती राजधानी काठमाडौंबाट नजिकै रहेता पनि चेपाङ समुदाय आर्थिक, सामाजिक, शैक्षिक र राजनीतिक रुपमा धेरै नै पछाडि परेकोले हामीले हाम्रो संस्थामार्फत समुदायको उत्थानकालाई सक्दो सहयोग गरिरहेको जानकारी दिनुभयो।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button