कोरोनाका कारण मेडिसिटी अस्पतालमा काठमाडौँका एकजनाको ज्यान गुम्यो

काठमाडौँ– काठमाडौँ कलंकीका एक ६४ वर्षीय पुरुषको कोरोना संक्रमणका कारण ज्यान गुमेको छ।
ती पुरुषको ललितपुरको नख्खुस्थित मेडिसिटी अस्पतालका उपचारका क्रममा ज्यान गुमेको ललितपुर स्वास्थ्य कार्यालयका वरिष्ठ स्वास्थ्य प्रशासक डा. खगेश्वर गेलालले जानकारी दिए। योसँगै नेपालमा ७८ जनाको कोरोना संंक्रमणका कारण ज्यान गुमिसकेको छ।
स्वास्थ्यमा समस्या आएपछि गत असार ३१ गतेदेखि उनको मेडिसिटी अस्पतालमा उपचार भइरहेको थियो। मधुमेहका रोगीसमेत रहेका ती पुरुषलाई निमोनिया भएको डा. गेलालले जानकारी दिए।