एमाले महाधिवेशन आयोजक कमिटीको आकश्मिक बैठक

काठमाडौं । सत्तारुढ दल नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले महाधिवेशन आयोजक कमिटीको आकश्मिक बैठक बोलाएका छन् ।

ओलीले आज बिहान १०ः३० बजे बालुवाटारमा बस्ने गरि महाधिवेशन आयोजक समितिको बैठक बोलाएको एक केन्द्रीय सदस्यले जानकारी दिएका छन् ।

बैठकको जानकारीसहितको निम्तो गरिएको सन्देश सदस्यहरुलाई शनिबार राति ११ बजेतिर गैसकेको छ ।

वरिष्ठ नेता माधव कुमार नेपाल पक्षका संघ र प्रदेशका ३२ जना सांसदहरुलाई ओलीले स्पष्टिकरण सोधेका थिए । त्यसको जवाफ सांसदहरुले गएको बिहीबार बुझाएका थिए । नेपाल पक्षका नेताहरुको जवाफबारे छलफल गर्न बैठक बोलाइएको ती सदस्यले बताएका छन् ।

‘आजको बैठकमा नेपाल पक्षका सांसदहरुको जवाफ र सम्भवतः कारवाहीबारे छलफल केन्द्रित हुनेछ’, ती केन्द्रीय सदस्यले भने ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button