उज्यालोनेटवर्कका कार्यकारी सम्पादक अनिश तामाङ पक्राउ

काठमाडौं । उज्यालोनेटवर्क डटकमको कार्यकारी सम्पादक अनिश तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।
तामाङलाई उज्यालोनेटवर्क कार्यालयबाट प्रहरीले घेरावन्दी गरेर पक्राउ गरेको हो ।
अनामनगरस्थित अनलाइनको कार्यालयमा प्रहरीले घेरा हाली पत्रकार तथा कर्मचारीलाई कार्यालयमै नियन्त्रणमा राखेको थियो ।
पत्रकारहरुको विरोधकाबीच पत्रकार तामाङलाई पक्राउ गरेर प्रहरीले काठमाडौं प्रहरी परिसरमा पुर्याएको छ ।
यसअघि पत्रकार तामाङले प्रहरी उज्यालो नेटवर्कको कार्यालयमा प्रवेश गरेर आफूहरुमाथि धरपकड गरिरहेको सामाजिक सञ्जालमार्फत जानकारी गराएका थिए ।
उनले फेसबुकमा लेखेका थिए, ‘उज्यालो नेटवर्कको कार्यलयमा प्रहरीले पुनः धरपकड गरेको छ ।
म लगायत उज्यालो नेटवर्कको पत्रकारहरुलाई प्रहरीले उज्यालो नेटवर्ककै कार्यलयमा नियन्त्रणमा राखेको जानकारी गराउन चहान्छु ।’
सो अनलाइनमा प्रकाशित समाचारको विषयलाई लिएर धरपकड नगर्न प्रहरीको नाममा अदालतले आदेश दिइसकेको छ ।