काठमाडौं उपत्यकाका प्रशासन कार्यालयमा अत्यावाश्यक बाहेकका सेवा एक साताका लागि बन्द

काठमाडौं । काठमाडौं उपत्यकाका तीनवटा जिल्ला प्रशासन कार्यायले दिँदै आएको अत्यावाश्यक बाहेकका सेवा एक साताका लागि बन्द हुने भएको छ ।

काठमाडौं उपत्यकाका तीनवटा जिल्ला प्रशासन कार्यालयले दिँदै आएको अत्यावश्यक बाहेकका सेवा एक साताका लागि बन्द गर्ने निर्णय गरेको हो ।

आइतबार बसेको काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले जिल्ला प्रशासन कार्यालयबाट प्रदान हुने अत्यावश्यक बाहेकका सेवा एक साताका लागि बन्द गर्ने निर्णय गरेको हो ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीका अनुसार सोमबारदेखि नै लागू हुनेगरी एक साताका लागि अत्यावश्यकबाहेकका सेवा बन्द गरिएको हो ।

बैठकले अन्य कार्यालयहरुलाई पनि आलोपालो विधिबाट सेवा प्रदान गर्न आग्रह गर्ने निर्णय गरेको उनको भनाई छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button