सबै परीक्षा स्थगित गर्ने सिसिएमसीको निर्णय

काठमाडौं । कोभिड-१९ संकट व्यवस्थापन केन्द्र सीसीएमसीले सबै परीक्षाहरु स्थगित गर्न सिफारिस गरेको छ। हाल जारी रहेका र केहि दिन पछि सुरु हुन लागेका परीक्षा रोक्न सिसिएमसीले सरकारलाई सिफारिश गरेको हो।

आइतबार बसेको बैठकले भौतिकरुपमा हाल सञ्चालन भइरहेका सबै तहका परीक्षा अर्को सूचना नहुन्जेलसम्मको लागि स्थगित गर्न सिफारिस गर्ने निर्णय गरेको छ।

आजको बैठकले प्रमुख शहरहरुमा सक्रिय संक्रमितको संख्या ५०० पुगेमा सिडिओले निषेधाज्ञा वा लकडाउन लागू गर्नसक्ने निर्णय पनि गरेको बताइएको छ।

यसअघि मन्त्रिपरिषद बैठकले चालु रहेको परीक्षा नरोक्ने निर्णय गरेको थियो। तर परीक्षाका नाममा भिडभाड भएको र कक्षा सञ्चालन भएको भन्दै सीसीएमसीले सबै परीक्षा रोक्ने निर्णय गरेको हो।

बैठकले दुई सय भन्दा बढी सक्रिय संक्रमित रहेका पहाडी जिल्ला र पाँच सयभन्दा बढी सक्रिय संक्रमित रहेका शहरी तथा तराईका जिल्लामा लकडाउन गर्न सिफारिस गरिएको छ।

परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले १५ गतेदेखि निषेधाज्ञा गर्नुपर्ने निष्कर्ष सीसीएमसीले निकालेको बताए। लकडाउनको जिम्मा स्थानीय प्रशासनलाई दिइएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button