भारतीय सीमाबाट विदेशी नागरिकलाई नेपाल प्रवेशमा रोक्ने सिसिएमसीको निर्णय

काठमाडौं । सीसीएमसीले भारतसँगका सीमानाकाहरुबाट विदेशी नागरिकहरुलाई नेपाल प्रवेश गर्न रोक लगाउन सरकारलाई सिफारिस गरेको छ ।

कोरोना भाईरस कोभिड-१९ संकट व्यवस्थापन केन्द्र सीसीएमसीको आज बसेको बैठकले यस्तो सिफारिस गरेको हो । भारतमा कोरोना संक्रमण अनियन्त्रित बन्दै गएपछि सीमा नाकाहरुमा कडाइ गर्नुपर्ने सर्वत्र आवाज उठ्दै आएको छ ।

सीमानाकामा नेपालीहरुको आवागमन रोक्ने निर्णय भने नभएको उपप्रधानमन्त्री ईश्वर पोखरेलका प्रेस सल्लाहकार गणेश पाण्डेको भनाई छ । सीसीएमसीको प्रस्तावलाई मन्त्रीपरिषद्ले स्वीकृत गरेमा सीमानाकाबाट भारतीयहरु नेपाल पस्न नपाउने भएका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button