नवनिर्मित धरहराको बाहिरी संरचनाको काम सम्पन्न हुन अझै ९ महिना लाग्ने

विशु गुरुङ, काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नवनिर्मित ऐतिहासिक धरहराको उदघाटन गरेका छन् ।

कोरोनाभाइरस महामारी र कतिपय जग्गासम्बन्धी विवादका कारण भएको ढिलाइका कारण दुई पटकसम्म म्याद थप गरी निर्माण गरिएको संरचनालाई प्रधानमन्त्रीले शनिवार एक कार्यक्रमका बीच उद्घाटन गर्नु भएको हो।

तत्कालीन प्रधानमन्त्री भीमसेन थापाले विसं १८८२ सालमा पहिलो धरहरा निर्माण गरेको इतिहास छ। १९९० सालको भूकम्पले धरहरा भत्किएपछि जुद्ध शमशेरले त्यसको पुनर्निर्माण गरेका थिए।

सुनको जलपले टिलिक्क टल्किने गजुरसहितको धरहरा २०७२ सालको भूकम्पले ढलेको ठ्याक्कै छ वर्षपछि ठडिएको छ । दुईवटा लिफ्ट राख्ने र रङरोगन गर्ने काम सकिएको छ भने दुईमध्ये एउटा लिफ्ट सञ्चालनमा आएको छ । अबको धरहरा अपांगता भएकाहरूले पनि चढ्न र हेर्न सजिलो हुने भएको छ । बाहिरीस्वरूप पुरानो धरहराजस्तै देखिने बनाइएको भएपनि भित्री संरचना भने धेरै फरक छ ।

नयाँ धरहरामा तीनतले पार्किङमा ३ सय ४७ वटा गाडी र ७ सय मोटरसाइकल अट्ने भएको छ । ३ अर्ब ४५ करोडको लागतमा निर्माण भएको आधुनिक धरहराको टावरको काम पूरा भए पनि बाहिरी संरचनाको काम सम्पन्न हुन अझै ९ महिना लाग्ने पुनर्निर्माण प्राधिकरणका विज्ञ इञ्जिनियर राजुमान मानन्धरले जानकारी दिएका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button