कैलालीमा एकै विद्यालयका ४ विद्यार्थीमा कोरोना संक्रमण

धनगढी । कैलालीमा एकै विद्यालयका ४ विद्यार्थीमा कोरोना संक्रमण पुस्टि भएको छ।

जिल्लाको कैलारी गाउँपालिकाको पवेरास्थित जनकल्याण माध्यमिक विद्यालयका ४ जना विद्यार्थीमा कोरोना संक्रमण पुस्टि भएको हो।

८ जना विद्यार्थीमा गरिएको परीक्षणमा ४ जनामा संक्रमण देखिएको हो।

एन्टीजेन विधिबाट गरिएको परीक्षणमा कक्षा १० मा पढ्ने २ जना, ९ मा पढ्ने १ जना र कक्षा नखुलेका एक जना विद्यार्थीमा संक्रमण देखिएको बताइएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button