भदौ १ बाट लामो दूरीका यात्रु बस र हवाइ उडान नखुल्ने

सरकारले भदौ १ गतेबाट लामो दूरीका सार्वजनिक सवारीका साधन चल्न नदिने भएको छ । आइतबार बसेको कोभिड—१९ संकट व्यवस्थापन सेन्टर (सीसीएमसी) को बैठकले अन्तर जिल्ला यातायात तथा बाह्य तथा अन्तरिक हवाई उडान थप १५ दिनका लागि स्थगित गर्ने प्रस्ताव गरेको छ । यो प्रस्ताव सोमबार बस्ने मन्त्रिपरिषद् बैठकमा पेश हुनेछ ।

यसअघि साउन ५ गतेको मन्त्रिपरिषद् बैठकले भदौ १ गतेबाट लामो दूरीका सार्वजनिक सवारी, बाह्य तथा अन्तरिक हवाइ उडान र विद्यालय भर्ना अभियान सुरु गर्ने निर्णय गरेको थियो ।

तर आजको सीसीएमसी बैठकले कोरोना भाइरस संक्रमणको जोखिम बढेको भन्दै भदौ १ गतेबाट खुला गर्ने भनिएका सबै क्षेत्र भदौ १५ सम्म नखोल्ने प्रस्ताव गरेको हो। सीसीएमसीको प्रस्ताव सोमबारको मन्त्रिपरिषद् बैठकले अनुमोदन गरेपछि औपचारिक निर्णय हुनेछ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button