उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्दै

काठमाडौं । कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको सिफारिसअनुसार उपत्यकामा रहेका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक आज बस्दैछ । आज बस्ने बैठकले सीसीएमसीको सिफारिसका सम्बन्धमा आवश्यक निर्णय लिन सक्ने बताइएको छ ।

बढ्दो कोरोना संक्रमणका कारण काठमाडौं उपत्यकामा पर्ने तीनसहित देशका ९ जिल्लामा तत्काल ‘लकडाउन’ हुने सम्भावना देखिएको छ । हिजो बसेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठकले संक्रमितको संख्या हेरेर निषेधाज्ञा गर्ने अधिकार स्थानीय प्रशासनलाई दिन सरकारलाई सिफारिस गरेको छ ।

संक्रमितको संख्या पहाडमा दुई सय र शहरमा पाँच सय नाघेमा निषेधाज्ञा गर्नुपर्ने सिफारिस सीसीएमसीले गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं उपत्यकाका तीन जिल्ला (काठमाडौं, ललितपुर र भक्तपुर) सहित देशका नौं जिल्लामा सक्रिय संक्रमितको संख्या आइतबारै पाँच सय नाघिसकेको छ । सक्रिय संक्रमितको संख्या पाँच सयभन्दा माथि पुगेका अन्य ६ जिल्लामा मोरङ, पर्सा, कास्की, रूपन्देही, बाँके र दाङ छन् ।

बाँकेमा जिल्ला प्रशासन कार्यालयले त आज राति १२ बजेदेखि निषेधाज्ञा जारी जारी गर्दैछ भने रूपन्देहीमा आजदेखि सवारीसाधन सञ्चालनमा जोर–बिजोर प्रणाली लागू गरिएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button