उपत्यकामा बैशाख १६ गतेदेखि निषेधाज्ञा जारी गर्ने निर्णय

काठमाडौं । काठमाडौं उपत्यकामा निषेधाज्ञा लागु गर्न तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुबीच सहमति भएको छ ।
उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुर तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको आज बसेको बैठकले यहि बैशाख १६ गतेदेखि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीका अनुसार निषेधाज्ञामा के गर्न पाइने र के गर्न नपाइने भन्ने खाका तयार भइरहेको छ ।
खाका तयार भइसकेपछि गृहसचिव महेश्वर न्यौपानेसँग छलफल गरेर निर्णय सार्वजनिक गर्ने तयारी प्रजिअहरुको रहेकाे बताइएकाे छ ।