माधव नेपाल पक्षको माग बमोजिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फरक गुटमा लागेको भन्दै नेता माधव कुमार नेपाल सहित २७ सांसदको पद खोस्ने तयारी गरेपछि नेपाल पक्ष सर्वोच्च अदालतमा पुगेको थियो।
न्यायाधीश प्रकाश ढुंगानाको एकल इजलासले माधव नेपालसहितका नेताहरुको रिटमाथि सुनुवाई गर्दै स्पष्टिकरण सोधेकै आधारमा अन्तरिम आदेश दिइ रहन नपर्ने ठहर गरेको हो।
माधवकुमार नेपाल,सुरेन्द्र पाण्डे,घनश्याम भुसाल र भीम रावलको तर्फबाट संयुक्त रुपमा पेश गरिएको १४ बुँदे मागसहितको रिटमा आफूहरुमाथि गर्न लागिएको निष्काशनको कारवाही उत्प्रेषण,प्रतिषेधको आदेशद्धारा बदर तथा रोक्का गरिपाउँ भनिएको छ।
ती नेताहरुले निर्वाचन आयोगमा कायम रहेको एमालेका अभिलेख र विवरणमा कुनै परिवर्तन नगर्नु नगराउनु भन्ने परमादेश आयोगका नाममा समेत जारी हुनुपर्ने माग गरेका थिए।
