२ सय संक्रमित कटेका पहाडी जिल्लामा २ साता लकडाउन गर्ने निर्णय

काठमाडौं । सरकारले देशभरका विद्यालय बन्द गर्ने निर्णय गरेको छ।
आज साँझ बसेको मन्त्रिपरिषद्को बैठकले कोरोना भाइरसको संक्रमण बढेकाले अर्को सूचना नआएसम्मका लागि बन्द गर्ने निर्णय गरेको हो।
बैठकले अनलाइनमार्फत कक्षा सञ्चालन गर्न निर्देशन दिने निर्णय गरेको छ।
आजको बैठकले सबै प्रकारका परीक्षा स्थगित गर्ने निर्णय गरेको छ।
आइतबार कोभिड-१९ संकट व्यवस्था समिति (सीसीएमसी)ले सञ्चालन भइरहेका र हुन बाँकी सबै परीक्षा स्थगित गर्ने निर्णय गरेको थियो। आजको बैठकले सोही निर्णयलाई सदर गरेको हो।
यस्तै, आजको बैठकले सहरी क्षेत्रमा कोरोना सङ्क्रमितको सङ्ख्या ५ सय कटे र पहाडी क्षेत्रमा सङ्क्रमित २ सय कटे कम्तीमा २ साता लकडाउन गर्ने निर्णय गरेको छ।
पहाडी जिल्लामा निषेधाज्ञा जारी गर्ने अधिकार जिल्ला संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)लाई दिएको छ।
आजको बैठकले नेपाललाई ट्रान्जिट बनाएर तेस्रो मुलुकमा जानेहरुलाई रोक्ने निर्णय पनि गरेको छ।
नेपालमा भारतीय नागरिकहरु ठूलो संख्यामा तेस्रो मुलुक जाँदै आएका थिए।
साथै बैठकले नेपाल–भारत सीमा बन्द गर्ने निर्णय गरेको छ।